Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
16 Aug 2024 0 Educational
img

जीमेलमा स्प्याम र मार्केटिङ ईमेललाई व्यवस्थापन गर्ने तरिका

जीमेलमा स्प्याम र मार्केटिङ ईमेललाई व्यवस्थापन गर्ने तरिका

गूगलको जीमेल सेवा आज करोडौंले प्रयोग गर्छन् । जीमेलको इन्बक्समा कहिलेकाँही स्प्याम र मार्केटिङ ईमेल आएर हैरान पारिरहेका हुन्छन् । 

तर जीमेलमाकेही यस्ता ट्रिकहरू छन्, जसको कारणले प्रयोगकर्ताहरू स्प्याम र मार्केटिङ ईमेललाई सजिलैसँग व्यवस्थापन गर्न सक्छन् ।

मानिसहरूले अक्सर कुनै महत्त्वपूर्ण ईमेल खोज्न संघर्ष गर्नुपर्छ । किनभने स्प्याम र मार्केटिङका धेरै ईमेल बक्समा हुन्छन् ।

स्प्याम र मार्केटिङ ईमेलबाट छुटकारा पाउन जीमेलमा फिल्टरहरूको प्रयोग गर्न सकिन्छ, जुन आज हामी तपाईलाई जानकारी दिदैछौं । 

जीमेलमा स्प्याम र मार्केटिङ ईमेल व्यवस्थापन गर्ने तरिका

सबैभन्दा पहिले आफ्नो डिभाइसमा जीमेल खोल्नुहोस् । त्यसपछि जीमेल सर्च विकल्पमा जानुहोस् र 'सब्सक्राइब’ टाइप गर्नुहोस् ।

यसरी सर्च गर्दा प्रयोगकर्ताहरूले सबै सब्सक्राइब ईमेलको सूची देख्न सक्नेछन् । त्यसपछि दायाँतिर फिल्टर आइकनको विकल्प हुनेछ । यो विकल्प सर्च बारसँगै हुन्छ । त्यसपछि 'क्रियट फिल्टर’ को विकल्पमा जानुहोस् र ’ब्अप्लाई द लेबल’ मा क्लिक गर्नुहोस् । त्यसपछि लेबल चयन गर्नुहोस् र नयाँ लेबल तयार गर्नुहोस् । 

यहाँ तपाईंले लेबलको नाम दिनु पर्छ, तपाईंले चाहनु भएमा 'सब्सक्राइब' नाम दिन सक्नुहुन्छ, त्यसपछि 'क्रियट' बटनमा क्लिक गर्नुहोस् । 

यति गरेपछि 'अल्सो अप्लाई द फिल्टर’ मा क्लिक गर्नुहोस्, यसो गर्दा सेट गरिएको फिल्टर अनुसार सबै ईमेलहरू देखिनेछन् । त्यसपछि नयाँ फिल्टरको विकल्पमा क्लिक गर्नुहोस्, यसो गर्दा नयाँ फोल्डर बन्नेछ ।

जीमेलमा उपलब्ध यो सुविधाको मद्दतले प्रयोगकर्ताहरू आफ्ना सबै स्प्याम र मार्केटिङ ईमेलहरू नयाँ बनाइएको फोल्डरमा राख्न सक्छन् । जीमेलको यस सुविधाको दममा प्रयोगकर्ताहरू आफ्ना महत्त्वपूर्ण ईमेललाई सजिलै खोज्न सक्छन् ।

साथै, ईमेल बक्स पहिलेभन्दा थोरै खाली हुनेछ । यदि तपाईं चाहनुहुन्छ कि सबै जरुरी सन्देशहरू नयाँ फोल्डरमा ट्रान्सफर गरियोस् भने त्यो पनि गर्न सक्नुहुन्छ ।

 

 

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*