अनलाइनबाटै बाढी तथा पहिरोको लाइभ अपडेट थाहा पाउने तरिका
नेपाल जस्तो प्राकृतिक जोखिमयुक्त ठाँउमा कुन बेला के विपद आइपर्छ भन्न सकिदैन । झन यो साउन महिना त धेरै पानी पर्ने समय हो । यो समयमा मौसम बारे पूर्व जानकारी लिनु अति नै उपयोगी हुन्छ ।
मौसम बारे पूर्व जानकारी लिँदा बाढी, पहिरो लगायतबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ । त्यसैकारण विपद् बारे विभिन्न जानकारी दिने उद्देश्यले सरकारले विपद् पोर्टल बनाएको छ, जुन तपाई हामी धेरैलाई थाहा छैन् ।
कुन ठाउँमा धेरै पानी परिरहेको छ, कुन ठाउँमा बाढीको खतरा छ, कुन ठाउँमा भूकम्प गयो, कहाँ पहिरो गएर बाटो बन्द छ, हावा प्रदूषण छ की छैन्, आगलागि कहाँ कहाँ भइरहेको लगायत प्राकृतिक जोखिम सम्बन्धि लाइभ जानकारी पोर्टलमा पाइन्छ ।
विपद्सम्बन्धी वास्तविक समयको जानकारीका साथै विपद्का घटनासम्बन्धी अभिलेख, क्षति तथा नोक्सानीको विवरण र जोखिमको दुश्यात्मक अवस्थाबारे जानकारी प्राप्त गर्नुका साथसाथै विपद्बाट कहाँ के कति क्षति भयो भन्ने जानकारी पनि पाउन सकिन्छ ।
विपद पोर्टल गृह मन्त्रालय द्वारा सुरु गरिएको एक एकीकृत र व्यापक विपद् सूचना व्यवस्थापन प्रणाली हो र हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यसलाई सञ्चालन गर्दै आएको छ ।
पोर्टलमा सबै स्थानीय तह, प्रदेश, सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिलगायतले आफ्नो क्षेत्रमा भएका विपद्का घटना तथा जोखिम बारे विवरण अपडेट गर्न समेत सक्छन् ।
Comments (0)
Leave a comment
Your email address will not be published. Required fields are marked*