Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
11 Aug 2024 0 Educational
img

के को लागि प्रयोग गर्ने डलर कार्ड? An overview on dollor card

के तपाई पनि नेपालबाट सजिलै डलरमा भुक्तानीमा गर्न चाहुनुहुन्छ वा नेटफ्लिक्स, स्पोटीफाई जस्ता प्लेटफर्मको सब्सक्रिप्सन खरिद गर्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि हो ।

नेपाल राष्ट्र बैंकले २०७७ सालमा डलर खाता नभएपनि बैंकहरूले ग्राहकहरूलाई प्रिपेड डलर कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको थियो ।

डलर कार्ड, एक प्रिपेड कार्ड हो जुनमा तपाईंले अमेरिकी डलर लोड गर्न सक्नुहुन्छ । यसबाट सजिलै वर्षमा ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानीको डलरमा गर्न सकिन्छ ।

डलर कार्ड लिन प्यान नम्बर आवश्यक पर्छ । तर एउटा व्यक्तिले एउटा मात्रै डलर कार्ड लिन पाउँछ ।  एउटा बैंकबाट डलर कार्ड लिइसकेपछि अर्को बैंकबाट लिन पाइदैन ।

तपाईंले आफ्नो खाता भएको बैंकबाट डलर कार्ड लिनसक्नुहुन्छ तर यसको लागि तपाइले एउटा अनुरोध फारम भर्नुपर्छ र बैंकमा आफ्नो केवाइसी विवरण सही भएको हुनुपर्नेछ ।

ग्राहकले प्रचलित कानुन अनुसार आफूले सो रकम खर्च गर्ने भनी स्वघोषणाको फारम पनि भर्नुपर्छ । प्रचलित ऐन, कानुनभन्दा बाहिर रकम प्रयोग नगर्ने प्रतिबद्धता गरी गरेको पाइएमा कारबाही भोग्न तयार छु भन्ने आशय स्वघोषणामा उल्लेख भएको हुनेछ ।

बैंकबाट यो कार्ड लिएपछि नेपालको कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु र सेवा अनलाइन मार्फत नेटफिलिक्स, स्पोटिफाई, अमेजन, डिज्नी हटस्टार लगायतको सब्सक्रिप्सन लिन सकिन्छ ।

डलर कार्ड प्रयोग गर्दा तपाईंको बैंक खातासँग सीधा लिंक नहुने भएकाले गर्दा अनलाइन ठगीको जोखिम कम हुन्छ । बैंकहरूले भर्चुअल र फिजिकल दुबै डलर कार्ड जारी गर्दै आएका छन् । फिजिकल कार्ड बन्न केही समय लाग्ने छ । डलर कार्ड जारी गर्दा र डलर लोड गर्दा लाग्ने शुल्क बैंकहरु पिच्छे फरकफरक हुनसक्छ ।

सबैले एउटै शुल्कमा कार्ड जारी गर्नुपर्ने प्रावधान नभएकाले बैंकहरुले आ–आफ्नै तरिकाले शुल्क निर्धारण गरेका हुन्छन् त्यसको लागि तपाइले तपाइको खाता भएको बैंकको कस्टमर सपोर्टमा सम्पर्क गरेर बुझ्नसक्नु हुन्छ ।
 

आजको भिडियोमा डलर कार्डको बारेमा बुझ्नुभयो। यदि तपाईंलाई यो भिडियो मन परेको छ भने, कृपया लाइक र कमेन्ट गर्न नबिर्सनुहोस्। र तपाईले कस्तो भिडियो हेर्न चाह्रनु भएको छ हामीलाई जानकारी दिनुहोला । हामी पुनः अर्को भिडियो लिएर आउने नै छौं । आजलाई बिदा दिनुहोस्, नमस्कार ।

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*