सतर्क रहनुहाेस तर्पाईको डिभाइसमा हुन सक्छ मालवेयर
स्मार्टफोनले हाम्रो जीवनलाई सहज अनि सरल बनाउँदै लगेको छ । सिक्न, काम गर्न वा मनोरञ्जन लिन नै किन नहोस्, दिनको केही समय हामीले मोबाइलमै बिताइरहेका हुन्छौं ।
एक हिसाबले मोबाइल मानिसको महत्त्वपूणर् साथि भइसकेको छ । बेला बेला हामीले मोबाइलमा विभिन्न एपहरू पनि डाउनलोड गरिरहेका हुन्छौं । तर यदी तपाईले जहाँपायो त्यहीबाट एपहरू डाउनलोड गरिरहनु भएको छ भने सावधान हुनुहोस् । यस्तो बानीले डिभाइसमा मालवेयर छिर्न सक्छ ।
यसअघि विभिन्न माध्यमबाट एप डाउनलोड गरेर मोबाइलमा इन्स्टल गर्नु भएको थियो भने के थाहा तपाईको फोनमा मालवेयर हुन सक्छ ।
अब आफ्नो फोनमा मालवेयर भएको नभएको कसरी थाहा पाउने ?
ब्याट्री चाँडो सकिनु
यदी डिभाइसले छिटो छिटो ब्याट्री खपत गरिरहेको छ भने तपाईको डिभाइसमा मालवेयर हुन सक्छ । हुनत अन्य कारण पनि ब्याट्री खपत बढ्न सक्छ । तर मोबाइलमा कुनै समस्या छैन् तर ब्याट्री चाँडो सकिरहेको छ भने मालवेयर हुन सक्ने सम्भावना बढी हुन्छ ।
फोन तात्तिनु
सामान्य अवस्थामा तपाईले फोन टच गर्दा मोबाइल तातिदैन् । तर धेरै र्याम खपत हुने काम नगर्दा पनि फोन तात्तिरहेको छ भने मालवेयर इन्स्टल भएको हुन सक्छ । मालवेयर इन्स्टल भएर आन्तरिक रूपमा धेरै सीपीयुलाई ओभरवर्क भएको हुन सक्छ ।
एपहरू नचल्नु
मोबाइलमा भएका एपहरू कहिलेकाँही क्र्यास हुन सामान्य हो । बग वा अन्य समस्याले पनि कहिलेकाही एप क्रयास हुन्छन् । तर तपाईले पटक पटक मोबाइल एप चल्ने, बन्द हुने वा अड्किने समस्या भोगिरहनु भएको छ भने त्यो मालवेयरको कारण पनि हुन सक्छ ।
फोन स्लो हुनु
के तपाईको फोन सामान्य अवस्थामा पनि स्लो भइरहेको छ ? यदी भइरहेको छ भने मालवेयर इन्स्टल हुन सक्छ । फोनमा मालवेयर इन्स्टल भएर धेरै कामहरू एकैसाथ भइरहेको हुन सक्छ । जसलर गर्दा सामान्य काम गर्न पनि लामो समय लाग्न सक्छ ।
पपअप एड
यदी तपाईले अकश्मात स्पेसिफिक एप खोल्दा वा नखोल्दा पनि पपअप एड देखिरहनु भएको छ भने फोनमा मालवेयर इन्स्टल भएको हुन सक्छ । यस्तो मालवेयरलाई एडवेयर भनिन्छ ।
धेरै डेटा खपत
यदी तपाईको फोनले अस्भाविक रूपमा डेटा खपत गरिरहको छ भने यो पनि मालवेयर इन्स्टल भएको संकेत हुन सक्छ । ह्याकहरूले फोनमा मालवेयर इन्स्टल गरेर डेटाहरूलाई आफ्नो सर्भरमा ट्रान्सफर गरिरहेका हुन सक्छन्, जसको लागि डेटा आवश्यक पर्दछ र तपाईको मोबाइल डेटा धेरै खपत भएको हुन सक्छ ।
यी बाहेक पनि आफै अनावश्यक एप इन्स्टल भएको, फोन नलाग्ने, कनेक्सन कमजोर हुने जस्ता गतिविधि भइरहेका छन् भने पनि तपाईको फोनमा मालवेयर हुन सक्छ । फोनबाट मालवेयर हटाउन फोनलाई रिसेट गर्न सक्नुहुन्छ ।
आज हामीले फोनमा मालवेयर छ की छैन् कसरी पत्ता लगाउने बारेमा जान्यौं । यो भिडियो कस्तो लाग्यो लाइक र कमेन्ट गर्न नबिर्सिनु होला । साथै तपाईहरू कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सनुहोला । धन्यवाद ।
Comments (0)
Leave a comment
Your email address will not be published. Required fields are marked*