इसेवा, खल्ती र आईएमई पेको केवाईसी भेरिफाई गर्ने तरिका
नेपालमा डिजिटल भुक्तानीको जग बसाल्न डिजिटल वालेटहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । तपाई हामीले पनि विभिन्न प्रकारको भुक्तानीका लागि डिजिटल वालेटहरूको प्रयोग गर्दै आएका छौं । तर के तपाईले आफुले प्रयोग गर्ने डिजिटल वालेटको केवाईसी भर्नु भएको छ ?
नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताले अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट आपराधिक गतिविधि रोकिने राष्ट्र बैंकको विश्वास छ ।
केवाईसी प्रमाणीकरण नभएका डिजिटल वालेटको खाता सञ्चालनमा रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ । केवाईसी प्रमाणीकरण गरेपश्चात मात्र डिजिटल खाता पूणर् रुपमा सञ्चालनमा आउने छ ।
यदी आफुले प्रयोग गर्ने डिजिटल वालेटको केवाईसी भेरिफाइ गर्नुभएको छैन् भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईलाई वालेटको केवाईसी कसरी भर्ने बारे सिकाउने छौं ।
नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका २६ वटा डिजिटल वालेटहरूमध्ये आज हामी नेपालका लोकप्रिय वालेट इसेवा, खल्ती र आईएमई पेको केवाईसी भेरिफाइ भर्ने तरिका सिकाउने छौं ।
इसेवामा केवाइसी फर्म भर्नको लागि
१. सुरुमा आफ्नो मोबाइलमा इसेवा खाता लग इन गर्नुहोस् र प्रोफाइल इमेजमा क्लिक गर्नुहोस् ।
२. माइ इनफोरमेशन मा क्लिक गर्नुहोस् ।
३. परसनल डिटेल्स मा आफ्नो विवरण भर्नुहोस्, विवरण भरिसकेपछि प्रोसिड भनेर आउछ त्यसमा क्लिक गर्नुहोस् र सेभ र कनटिन्यू मा क्लिक गर्नुहोस् ।
४. सेभ र कनटिन्यू गरेपछि ठेगाना भर्ने ठाँउमा आफ्नो ठेगाना राख्नुहोस् ।
५. त्यसपछि कागजातको विवरणमा आफ्नो नागरिकता/पासर्पोट/लाइसेन्स/भोटर कार्ड राख्नुहोस् र आफ्नो लाइभ फोटो राख्नुहोस् ।
लाइभ फोटोमा क्लिक गरेपछि मात्र केवाइसी फर्म पूरा हुन्छ र ४८ घण्टा भित्रमा ईसेवाको केवाईसी भेरिफाई हुनेछ ।
इसेवाको केवाइसी फर्म कसरी भर्ने बारेमा हामीले जानिसकेका छौं ।
अब खल्तीको केवाइसी फर्म भर्ने तरिका पनि जानौं
१. पहिला सुरु आफ्नो मोबाइलमा खल्ती एप खोल्नुहोस् र प्रोफाइलमा जानुहोस् । केवाइसी डिटेल्समा क्लिक गर्नुहोस् ।
२. परसनल डिटेल्समा आफ्नो विवरण भर्नुहोस् र नेक्स्ट मा क्लिक गर्नुहोस् ।
३. तपाइको राष्ट्रियता र कागजातको प्रकार (नागरिकता/पासर्पोट/लाइसेन्स/भोटर कार्ड) छान्नुहोस् । सेभ र कनटिन्यू मा क्लिक गरेर अगाडि बढ्नुस् ।
४. कागजातको प्रकार छानिसकेपछि कागजात नम्बर भर्नुहोस् र कागजातको अगाडिपछाडि को फोटो अपलेड गर्नुहोस् ।
५. तपाइले भर्नुभएको विवरण सबै ठीक छ वा छैन हेरेर सब्मिट केवाइसीमा क्लिक गर्नुहोस् ।
६. त्यसपछि तपाइँको केवाइसी फर्म सब्मिशनलाई संकेत गरे अनुसार ओकेमा क्लिक गर्नुहोस् ।
खल्तीमा केवाइसी फर्म भरेको १२ घण्टासम्ममा केवाईसी भेरिफाइ हुनेछ ।
ईसेवा र खल्तीको केवाईसी फाराम त हामीले भर्यौं । यदी तपाई आईएमई पेको प्रयोगकर्ता हुनुहुन्छ भने अबको भिडियो तपाईका लागि हो ।
आईएमई पेको केवाईसी फाराम भर्न सुरुमा
१. आईएमई पे खोल्नुस् । यदि फोनमा एप छैन भने डाउनलोड गर्नुहोस् र खोल्नुस् ।
२. आईएमई पे एप खोलेपछि नेपाली र अंग्रेजी भाषा मध्य आफूलाई पायक पर्ने भाषा रोज्नुहोस् र गेट स्टारटेड मा क्लिक गर्नुहोस् ।
३. अब आफ्नो मोबाइल नम्बर राख्नुहोस् र नेक्स्ट मा क्लिक गर्नुहोस् ।
४. तपाइको मोबाइल नम्बरमा ६ अंकको कोड मेसेज मार्फत आउछ, खालि बक्सामा तपाइलाइ आएको कोड राख्नुस।
५. आईएमई पे खाताको लागि पासवर्ड लेख्नुहोस् र सोहि पासवर्ड पुनः लेख्नुहोस् ।
६. अब तपाईको इमेल राख्नुहोस् ।
७. त्यसपछि परसनल डिटेल्समा आफ्नो विवरण भर्नुहोस् र नेक्स्ट मा क्लिक गर्नुहोस् ।
८. यदि तपाईंसँग सिएस आइ डि वा अर्को आईएमई पे प्रयोगकर्ताको मोबाइल नम्बर छ भने त्यहाँ निमन्त्रणा कोडमा कोड राख्नुहोस् । यदि छैन भने नेक्स्ट मा क्लिक गर्नुहोस् ।
९. अब ४ अंकको वालेट पिन बनाउनुहोस् जुन तपाइलाई हरेक कारेबारमा मा आवश्यक पर्छ, पुनः एकपटक राख्नुहोस् र अगाडि बढ्नुहोस् ।
१०. तपाई आईएमई पे मा सफलतापूर्वक रजिस्टर हुनुभएको छ । आफ्नो केवाइसी फर्म पूरा गर्न भेरीफाइ नाउ मा क्लिक गर्नुहोस् ।
११.परसनल डिटेल्समा मा आफ्नो विवरण भर्नुहोस् र परसनल डिटेल्समा । त्यसपछि ठेगाना भर्नपर्नेमा आफ्नो ठेगाना राखेर नेक्स्ट मा क्लिक गर्नुहोस् ।
१२. त्यसपछि आफ्नो नागरिकता/पासर्पोट/लाइसेन्स/भोटर कार्ड राख्नुहोस् र अगाडिपछाडि को फोटो अपलोड गर्नुहोस् र तपाइले नागरिकता छान्नुभएको भए ''माइ सिटिजेसिप इज रिडेबल'' मा क्लिक गर्नुहोस्
१३. आफ्नो लाइभ फोटो राख्नुहोस् । र फोटोमा आखा खोलेको हुनुपर्छ भने कान देखिनु पर्छ । त्यसपछि “माइ फोटो इज क्लियर” मा क्लिक गर्नुहोस् ।
१४. अब तपाइले पहिला राख्नुभएको ४ अंकको वालेट पिन राख्नुहोस ।
१५. यति गरिसकेपछि तपाइको केवाइसी फर्मको प्रकृया पूरा भएको छ ।
१६. त्यसपछि तपाइले राख्नुभएको नम्बरमा फोन आउछ अथवा तपाइको प्रोफाइलमा भेरिफिकेसन भएपछि हरियो टीक मार्क देखाउछ ।
आज हामीले तपाईलाई प्रयोगकर्ताका आधार र कारोबारका आधारमा नेपालका लोकप्रिय वालेट ईसेवा, खल्ती र आईएमई पेको केवाईसी भर्ने तरिका जान्यौं । यदी तपाई ईसेवा, खल्ती र आईएमई पे बाहेक अन्य वालेट प्रयोग गर्नुहुन्छ भने माथिकै प्रक्रिया अनुसार नै केवाईसी भरेर भेरिफाइ गराउन सक्नुहुनेछ ।
Comments (0)
Leave a comment
Your email address will not be published. Required fields are marked*