Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
14 Aug 2024 0 Educational
img

अनलाइनबाटै राष्ट्रिय परिचयपत्रकाे फाराम | How to fill up National Id form through online

पछिल्लो समय सरकारी तथा सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्दै लैजाने तयारी सरकारको छ ।

सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, पेन्सन, राजस्व सम्बन्धि सेवा, सवारी चालक अनुमतिपत्र नवीकरण, कम्पनी दर्ता तथा नवीकरण, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सीमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेच सम्बन्धि सेवाहरू लिन राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक प्रक्रिया अघि बढिसकेको छ ।

यस अनुसार सरकारी निकाय तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न अब नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय परिचयपत्र कार्डभन्दा पनि नम्बर महत्त्वपूर्ण हुन्छ, जुन अनलाइन फाराम भरेर बायोमेट्रिक दिएपछि पाइन्छ ।

यदी तपाईसँग राष्ट्रिय परिचयपत्र छैन् भने अनलाइनबाटै आवेदन फाराम भरेर नजिकको जिल्ला प्रशासन कार्यालयमा गएर बायोमेट्रिक दिन सक्नुहुनेछ । त्यसपछि प्राप्त राष्ट्रिय परिचयपत्र नम्बर सरकारी तथा सार्वजनिक सेवा लिन प्रयोग गर्न सक्नु हुनेछ ।

कसरी भर्ने अनलाइन आवेदन फाराम ?

फर्म भर्न सबैभन्दा पहिला नेपालको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आधिकारिक वेबसाइट https://donidcr.gov.np/ मा जानुहोस्। र त्यहा भएको राष्ट्रिय परिचयपत्रको अनलाईन आबेदन मा क्लिक गर्नुहोस ।

त्यसपछि दुई ओटा खण्ड भएको पेज आउछ । त्यस मध्येबाट ‘लगइन फर इन्डिभिजुअल’ (Login for Individual) को छेउमा रहेको लगइन (Login) को बटनमा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि त्यहाँ देखिएको मोबाइल नम्बरको बक्समा आफ्नो नम्बर राख्नुहोस् र, एसएमएसमा आएको ओटीपी कोड राख्नुहोस् ।

त्यहाँ ड्याशबोर्ड देखिन्छ । त्यसपछि माथि देखिएको ‘न्यु इनरोलमेन्ट’ (New Enrollment) को बटनमा क्लिक गर्नुहोस् ।

 यति गरेपछि तपाईंले आवेदन भर्नुअघि के के कुरामा ध्यान दिने भन्ने सूचना पप-अपको रूपमा देखिन्छ । त्यसलाई ध्यान दिएर पढ्नुहोस् ।

 अब मागिएका विवरण भर्नुहोस् । यहाँ नाम नेपालीमा लेख्नुपर्ने हुन्छ भने तपाईंले रोमनमा जुन अक्षर टाइप गर्नुहुन्छ त्यसरी नै टाइप गर्दा हुन्छ । उदाहरणका लागि तपाईंको नाम राम हो भने (RAM) टाइप गर्दा ‘राम’ टाइप हुन्छ । डिफल्ट रूपमा रोमनाइज्ड किबोर्ड छानिएको हुन्छ । यदि तपाईंले ट्रेडिसनल किबोर्डमा टाइप गर्न चाहनु भयो भने त्यसको विकल्प पनि छ ।

 त्यसपछि आफ्नो नाम अङ्ग्रेजीमा टाइप गर्नुहोस् । आफ्नो व्यक्तिगत विवरणहरू जस्तै, नाम,  फोटो, जन्ममिति, नागरिकता नम्बर भर्नुहोस्।

नागरिकता नम्बर र सबै विवरण भरिसकेपछि बायोमेट्रिक दिन कुन मितिमा कुन कार्यालयमा जाने भन्ने छान्न र समय लिन सक्नुहुन्छ ।

 यसरी सबै प्रक्रिया पूरा गरिसकेपछि तपाईंको स्क्रिनमा पीडीएफ देखिन्छ । सो पीडीएफ प्रिन्ट गरेर तपाईंले छान्नुभएको कार्यालय र समयमा बायोमेट्रिक्स दिन जानुहोस् ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्टेशनमा गई आफ्नो दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिन्छ। जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयहरुका स्टेशनमा तुरुन्तै र वडा स्तरमा रहेका अभियानहरुको हकमा भने केही समय पछि SMS मार्फत नम्बर प्राप्त गर्न सकिन्छ।

राष्ट्रिय परियचपत्र नम्बरको बारेमा जानकारी लिन N<space> आवेदन नं राखि ३०००१ मा SMS गर्न सकिन्छ । त्यस्तै ९८५१३१६०३४/३५ मा Viber वा Whats App गरी जानकारी लिन सकिन्छ। साथै

९८४७३४६४१२ वा ०१-४२०००१४ मा फोन गरेर पनि बुझ्न सकिन्छ।

राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईंको मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरा

सहितको SMS प्राप्त हुन्छ। SMS अएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोहि स्थानबाट कार्ड लिनुपर्ने हुन्छ ।

आजको भिडियोमा अनलाइनबाट राष्ट्रिय परिचयपत्रको लागि आवेदन कसरी दिनेबारे जानकारी पाउनु भयो । यदि तपाईंलाई यो भिडियो मन परेको छ भने कृपया लाइक र कमेन्ट गर्न नबिर्सनुहोस् । र तपाईले कस्तो भिडियो हेर्न चाहनु भएको छ हामीलाई जानकारी दिनुहोला । हामी पुनः अर्को भिडियो लिएर आउने नै छौं । आजलाई बिदा दिनुहोस्, नमस्कार ।

 

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*