Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
08 Aug 2024 0 Educational
img

अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको फाराम कसरी भर्ने ? | How to fill up driving license via online portal?

स्कुटर, बाइक वा गाडी सबै सवारीसाधन चलाउनका लागि ड्राइभिङ्ग लाइसेन्स अनिवार्य आवश्यक पर्छ । कुनै बेला लाइसेन्सका लागि आवेदन दिन कार्यालयमा घन्टौं कुरेर फाराम भर्नुपर्ने बाध्यता थियो ।

तर पछिल्लो समय लाइसेन्सका लागि आवेदन प्रक्रिया भने अनलाइन भएर सहज भएको छ । यदी हुँदा हुँदै पनि अनलाइनबाटै ड्राइभिङ लाइसेन्स फाराम भर्ने प्रक्रिया थाहा नपाएर कतिपयले समस्या झेलिरहेका हुन्छन् । के गर्ने ? कसरी फाराम भर्ने ? के के चाहिन्छ ? भन्ने जस्ता प्रश्न मनमा खेलाइरहेका हुन्छन् ।

त्यसैकारण आजको यो भिडियो हामी अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको फाराम कसरी भर्ने स्टेप बाई स्टेप जानकारी दिदैछौं ।

 

ड्राइभिङ्ग लाइसेन्स एउटा महत्वपूर्ण कागजात हो, जसले तपाईंलाई कुनै पनि मोटराइज्ड सवारी साधन चलाउन अनुमति दिन्छ। यसले पहिचानको रूपमा पनि काम गर्दछ। यो कागजात महत्त्वपूर्ण छ! तर, ड्राइभिङ्ग लाइसेन्स लिनलाई कसरी आवेदन गर्ने?

सम्पूर्ण आवेदन प्रक्रिया तपाईंले घरबाट आरामले पूरा गर्न सक्नुहुन्छ ।

आजको यस भिडियोमा तपाईलाई ड्राइभिङ्ग लाइसेन्सको लागि आवेदन गर्दा कुनै कठिनाइ नहोस् भन्ने हिसाबले ड्राइभिङ्ग लाइसेन्सको फारम भर्ने प्रक्रिया सिकाउँनेछौं ।


 

 

यदि तपाईंको पहिले नै ड्राइभिङ्ग लाइसेन्स छ र अनलाइन मार्फत श्रेणी थप्न चाहनुहुन्छ भने portal मा लगइन गर्नुहोस् ।

दर्ता र आवेदन प्रक्रिया जस्तै नै लगइन गर्नुहोस् र "Add Category" चयन गर्नुहोस् । त्यसपछि स्वास्थ्य जाँचको स्थान चयन गर्नुहोस्।

थप्न चाहिएको श्रेणी चयन गर्नुहोस्।

यातायात व्यवस्थापन कार्यालय र मिति चयन गर्नुहोस्।र "Next" क्लिक गर्नुहोस् र तपाईंको आवेदन संक्षेप र डाउनलोड लिंक हेर्नुहोस्।

 तपाईंले यसरी अनलाइन ड्राइभिङ्ग लाइसेन्सको लागि आवेदन गर्न वा श्रेणी थप्न सक्नुहुन्छ। सबै कागजात र रसीदहरू सुरक्षित राख्नुहोस् किनभने भविष्यमा कुनै पनि सन्दर्भ वा प्रमाणिकरणका लागि उपयोगी हनसक्छ ।

आजको भिडियोमा अनलाइन ड्राइभिङ्ग लाइसेन्सको लागि आवेदन कसरी दिनेबारे जानकारी पाउनु भयो । यदि तपाईंलाई यो भिडियो मन परेको छ भने कृपया लाइक र कमेन्ट गर्न नबिर्सनुहोस् । र तपाईले कस्तो भिडियो हेर्न चाहनु भएको छ हामीलाई जानकारी दिनुहोला । हामी पुनः अर्को भिडियो लिएर आउने नै छौं । आजलाई बिदा दिनुहोस्, नमस्कार ।

 

 

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*