Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
31 Jul 2024 0 Educational
img

सुरक्षित तरिकामा स्मार्टफोन कसरी प्रयोग गर्ने ?

 

स्मार्टफोन अर्थात हाम्रो जीवनको महत्त्वपूणर् सारथी । बिहान उठेदेखि साँझ नसुतेसम्म हाम्रो हातमा मोबाइल नै हुन्छ ।

मोबाइल बिनाको जीवन पानी बिनाको माछा जस्तै बनिरहेको छ । हेर्दा सानो भएतापनि यसमा धेरै कार्यहरू गर्न सकिन्छ ।

स्मार्टफोन अब फोन गर्ने, रेडियो सुन्ने, गीत सुन्ने वा एसएमएम पठाउने साधनको रूपमा मात्रै सिमित रहेन । इमेल लेख्न, गुणस्तरीय फोटो, भिडियो खिच्न, एडिट गर्न, डकुमेन्ट पठाउन, भिडियो कन्फेरेन्स गर्न लगायतका विभिन्न व्यक्तिगतदेखि प्रोफेसनलसम्मका कामहरू गर्न सकिन्छ ।

 

साधारण मान्छेले स्मार्टफोन किनिरहन सक्ने वस्तु होइन । एक पटक किनेपछि लामो समयसम्म स्मार्टफोन टिकोउ होस् भन्ने धेरैको चाहना हुन्छ ।

तर हाम्रा साना साना गल्तीले कहिलेकाँही छिट्टै स्मार्टफोन बिग्रिन सक्छ । त्यसै कारण आजको भिडियोमा स्मार्टफोनलाई कसरी सुरक्षित र टिकाउ रूपमा प्रयोग गर्ने बारे जानकारी दिदैछौं ।

फोन केसको प्रयोग गर्नुहोस् ।

 

अहिलेको स्मार्टफोन पातलो र चिप्लो खालको हुन्छ जसले गर्दा खसेर फुट्न सक्ने सम्भावना बढी हुन्छ । खसेर फुट्नबाट बचाउन फोन केस र प्रोटेक्टिभ ग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । यसले फोन हेर्दा पनि चिटिक्क देखिन्छ ।

चार्ज गर्दा ध्यान दिनुहोस्।

 

तपाई मध्ये धेरैले फोन चार्जमा राखेर चलाउनु हुन्छ ? यदी फोन चार्जमा राखेर चलाउने बानी छ भने आजै छोड्नुहोस् । यदि चलाउनु परे पनि चार्ज हटाएर वा पर्याप्त चार्ज भएपछि मात्र चलाउनुहोस् । चार्ज गर्दा कहिले पनि फुल चार्ज नगर्नुहोस् । ८० देखि ९० प्रतिशतसम्म मात्र चार्ज गर्नु ब्याट्री हेल्थका लागि राम्रो मानिन्छ । त्यस्तै ब्याट्रीको चार्ज २० देखि ३० प्रतिशत आउँदा चार्ज लगाउनुहोस् र सकेसम्म २० प्रतिशतभन्दा तल फोनको ब्याट्रीको चार्ज नल्याउनुहोस् । 

समयमा अपडेट गर्नुहोस् ।

 

हाम्रो फोनमा समय समयमा अपडेट आइराखेको हुन्छ, जसलाई तपाईले सधैं अपडेट गर्नुपर्छ । यसले तपाईको फोनलाई साइबर आक्रमणबाट बचाउनुका साथै नयाँ नयाँ फिचरको अनुभव गर्न समेत दिन्छ ।

स्टोरेजमा ध्यान दिनुहोस् ।

 

फोनमा अत्याधिक फोटो, भिडियो, डकुमेन्ट, एप भएपछि स्टोरेज फुल हुन्छ र बेलाबेलामा ह्याङ्ग हुन जान्छ । नचाहिने, प्रयोग नहुने फोटो, भिडियो, डकुमेन्ट, एपहरु समयसमयमा हटाउनु पर्छ ।

जे पायो त्यही लिङ्क भित्र नजाने ।

 

हाम्रो सामाजिक सञ्जालमा दिनहु जस्तो थरि थरिका लिङ्कहरु आइरहेको हुन्छन् । जुन हानिकारक हुनसक्छन र तपाईको बैंक खाता, व्यक्तिगत विवरण, कार्डहरू लगायतको विवरण लिक हुन सक्छन् । त्यसैले अनावश्यक लिंकमा क्लिक नगर्नुहोस् । पुरस्कार, पैसा वा अन्य कुनै पनि किसिमको लोभमा नपर्नुहोस् । त्यो सबै तपाईको जालमा पार्न रचिएको एउटा फेक स्टोरी मात्रै हो ।

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*