क्युआर प्रविधि के हो ? कसरी हुन्छ पैसाको कारोबार ? | QR code | A detailed overview of it's functioning and use
क्युआर प्रविधि के हो ? कसरी हुन्छ पैसाको कारोबार ?
क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ ।
यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ । अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भइरहेको छ ।
यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ । कुनै उत्पादनको बाहिरी खोलमा, एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणको बारेमा जान्नका लागि पनि क्युआर कोडको प्रयोग गरिन्छ ।
तपाईलाई लाग्छ होला यो क्युआर कोड प्रयोग गर्न सहज छैन होला । तर यस्तो हुँदै होइन् । यसलाई बनाउन पनि एकदमै सहज रहेको छ ।
तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ । ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ ।
क्युआर कोडमा सबै विवरणहरु सुरक्षित राख्न सकिन्छ । क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउँछ । त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा राखेको सबै विवरणहरु देखाउँछ ।
क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन् । क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ ।
के हो त क्युआर कोड ?
क्युआर कोडको पूर्ण रुप क्वीक रिस्पोन्स कोड हो । यो कोड मोबाइल फोनले सजिलै पढ्न सक्छ । यसमा म्याट्रिक्स बारकोडको प्रयोग गरेर स्पेसिङको सिर्जना गरिन्छ ।
एकचोटि क्युआर कोड स्क्यान गरेपछि त्यहाँबाट कति धेरै जानकारी प्राप्त गर्न सकिन्छ ।
यसको प्रयोग ठूलो उद्योग, ठूलो व्यवसाय, खुद्रा पसल र अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । क्युआर कोडले ७ हजार ८९ डिजिट र ४ हजार २ सय ९६ क्यारेक्टर स्टोर गर्न सक्छ जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् ।
क्युआर कोडमा क्षति पुगेतापनि क्युआर कोडको संरचना डेटा कुञ्जीहरूमा त्यसको नक्कलहरू समावेश गरिएको हुन्छ । यसले गर्दा स्क्यानरहरूमा यसको पठन योग्यतालाई असर नगरीकनै ३० प्रतिशत कोड संरचना क्षति पुग्दैन् ।
क्युआर कोड कसले निर्माण गरेको हो त ?
सुपरमार्केटहरुमा एकदमै भीड भएर पैसा तिर्ने ठाउँमा लाइन हुन थालेपछि पोइन्ट अफ सेल्स प्रविधिको विकास गरियो ।
यो बारकोडको एकदमै सुरुवाती भर्सन रहेको थियो । यति गरे तापनि सुपरमार्केटहरुले समस्या समाधान भएन ।
किनभने सुरुवाती भर्सनमा एक दिशामा कोडिङ गर्न मिल्ने मात्रै व्यवस्था रहेको थियो । त्यस्तै बारकोडले सूचनाको २० अल्फान्युमेरिक क्यारेक्टर मात्रै स्टोर गर्न सक्थ्यो ।
क्युआर कोडको विस्तृत रुप डिईएएनसो वेब इनकर्पाेरेटेडले बनाएको हो । कम्पनीको प्रमुख विकासकर्ता मासाहिरो हाराले यसको विशेष विकास गरेका थिए ।
बारकोडको सिमा थाहा पाएपछि सुपरमार्केटहरुले डिईएएनसो वेब इनकर्पाेरेटेडलाई सम्पर्क गरेको थियो । हाराले बारकोडलाई युनीडिरेक्स्नल बाट टु–डी कोडमा परिणत गरिदिएका थिए ।
यसले गर्दा बारकोडमा अझै धेरै जानकारी राख्न मिल्ने भएको थियो । हाराले क्युआरकोडको आकार वर्गाकार दिने निर्णय गरे किनभने अन्वेषण गर्दा यो सजिलै पत्ता लाग्ने आकार हो भनेर पाइएको थियो ।
वर्गाकारले तेर्साे र ठाडो दुवै तरिकाले जानकारी कोडिङ गर्नलाई पनि मद्दत पु¥यायो । वर्गाकारमा राख्दा क्युआरकोडको जानकारीलाई बारकोडभन्दा १० गुणा चाँडो रिड गर्न मिल्ने भयो ।
यो सबै अन्वेषणलाई डिईएएनसो वेब इनकर्पाेरेटेडले सन् १९९४ मा प्याटेन्ट अधिकार नराखिकनै सार्वजनिक गरेको थियो । यसपछि त क्युआर कोडको प्रयोगकर्ता अत्याधिक संख्याले बढ्दै गएका थिए ।
क्युआर कोडले कसरी काम गर्छ त ?
क. क्युआर कोडको सरंचना ः
अहिलेको क्युआर कोडहरुमा सात ओटा भाग हुने गर्छन् । हरेक भाग रे पिक्सेल प्याटर्न बनाउँछ । जुन कुनै पज्जल जस्तै देखिने गर्छ ।
यसमा रहेको प्रत्येक तत्वको एक विशिष्ट उद्देश्य हुन्छ जसले कोड मार्फत निश्चित जानकारी पु¥याउने काम गर्छ । जस्तै प्रिन्ट दिशा, समय, त्रुटि सहिष्णुता, र खाली ठाउँहरू जसले गर्दा कोड फरक छुटयाउन मद्दत पुग्छ ।
क्युआर कोड कसरी स्कयान गर्ने ?
अहिलेका धेरैजसो क्युआर कोडलाई स्मार्टफोन कै मद्दतले स्क्यान गरिन्छ । स्क्यान गर्नलाई एन्ड्रोइड र आईओएस दुवैमा क्युआर स्क्यानिङ गर्नलाई निःशुल्क एपहरु रहेका छन्।
धेरैजसो एपमा सहज रुपमा एप खोलेर एक क्लिक मै क्युआर कोड स्क्यान गर्न मिल्ने अप्सन हुने गर्छ ।
क्युआर कोड स्कयामबाट बच्ने उपाय
- आफ्नो बैंक खाता विवरणहरू अज्ञात व्यक्तिहरूसँग कहिल्यै साझा नगर्नुहोस् ।
- यदि तपाइँ कुनै पनि रकम प्राप्त गर्दै हुनुहुन्छ भने क्युआर कोड कहिल्यै स्क्यान नगर्नुहोस् ।
- पैसा पठाउँदा पनि क्युआर कोड स्क्यानरद्वारा देखाइएका विवरणहरू सधैं दोहोरो जाँच गर्नुहोस् ।
- यदि क्युआर कोड अर्को क्युआर कोड छोपेको स्टिकर जस्तो देखिन्छ भने स्क्यान नगर्नुहोस् ।
- ओटीपी कहिल्यै कसैसँग साझा नगर्नुहोस् ।
- यदि तपाइँ केहि बेच्दै हुनुहुन्छ वा किन्दै हुनुहुन्छ भने, सधैं अनलाइन वेबसाइटमा व्यक्तिको पहिचान प्रमाणित गर्नुहोस् ।
- आफ्नो मोबाइल नम्बर आवश्यक नभएमा सेयर नगर्ने प्रयास गर्नुहोस् ।
Comments (0)
Leave a comment
Your email address will not be published. Required fields are marked*