Technology · Knowledge · Wisdom

Shape
Shape
Shape
Shape Shape
02 Aug 2024 0 Educational
img

के हो त क्रेडिट कार्ड ?

क्रेडिट कार्ड लिने की डेबिट कार्ड लिने ? के तपाई पनि म जस्तै कन्फ्युजनमा पर्नु भएको छ । त्यसो भए आजको यो भिडियो तपाईका लागि हो ।

डेबिट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्नेगरी ग्राहकको नाममा जारी भएको कार्ड हो । यसबाट कारोबार गर्न खातामा पैसा हुनुपर्दछ । एटीएम कार्ड पनि डेबिट कार्ड नै हो ।  

तर क्रेडिट कार्डबाट ग्राहकको बैंक खातामा पैसा नभए पनि भुक्तानी गर्न सकिन्छ । क्रेडिट कार्डबाट खर्च भएको रकम प्रयोगकर्ताले निश्चित समयपश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनु पर्दछ ।

आजको भिडियोमा हामी तपाईहरूलाई क्रेडिट कार्ड बारे विस्तृत जानकारी दिदैछौं ।

कुनैपनि व्यक्तिसँग भविष्यमा तिर्न सक्ने क्षमता छ भन्ने विश्वास भएपछि मात्र बैंकले क्रेडिट कार्ड जारी गर्ने गर्छ । यो बैंकले दिने एक किसिमको बिना धितोको उधारो हो । क्रेडिट कार्डबाट एटिएम मेशिन प्रयोग गरेर रकम निकाल्न पनि सकिन्छ ।

क्रेडिट कार्डको प्रयोग गरेर, तपाईंले सामान र सेवाहरू खरिद गर्न सक्नुहुन्छ तर केही समय पश्चात शुल्कसहित त्यो रकम तपाईँले बैंक तथा वित्तीय संस्थालाई फिर्ता गर्नुपर्ने हुन्छ ।

 

क्रेडिट कार्ड प्रयोग गर्दा बैंकले तपाईंको नाममा एक क्रेडिट लिमिट निर्धारण गर्छ । यस लिमिटको भित्र रहेर तपाईंले खर्च गर्नु पर्ने हुन्छ । तपाईंको मासिक बिलमा तपाईंले खर्च गरेको रकमको विवरण हुन्छ  र तपाईंले त्यो बिल समयमै तिर्नुपर्छ ।

 

क्रेडिट कार्डका फाइदाहरू

 

आपतकालिन अवस्थामा क्रेडिट कार्ड एकदमै महत्त्वपूर्ण हुन्छ । तुरून्तै पैसा आवश्यक परेको बेला क्रेडिट कार्ड धेरै नै उपयोगी हुन्छ ।

क्रेडिट कार्ड प्रयोग गर्दा क्यास ब्याक, रिवार्ड प्वाइन्ट्स, छुटको सुविधा पाइन्छ, जसले गर्दा बचतमा पनि मद्दत पुग्छ ।

नेपालमा भने क्रेडिट कार्डको प्रयोग कम मात्रै भएको पाइन्छ र बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाइदैन । तर नेपालमा यस्तो प्रणालीको विकास क्रमश भइरहेको छ ।

आजको भिडियोमा क्रेडिट कार्डको बारेमा बुझ्नुभयो । यो भिडियोले तपाईंलाई सही तरिकामा कार्ड प्रयोग गर्न र तपाईंको वित्तीय जीवनलाई अझ राम्रो बनाउन मद्दत पुर्याउँछ भन्ने आशा लिएका छौं । यदि तपाईंलाई यो भिडियो मन परेको छ भने, कृपया लाइक र कमेन्ट गर्न नबिर्सनुहोस् । र तपाईले कस्तो भिडियो हेर्न चाहनु भएको छ हामीलाई जानकारी दिनुहोला । हामी पुनः अर्को भिडियो लिएर आउने नै छौं । आजलाई बिदा दिनुहोस्, नमस्कार ।

Comments (0)

Leave a comment

Your email address will not be published. Required fields are marked*